विद्यालय शिक्षा विधेयक अन्तिम चरणमा : शिक्षक महासंघ

हिमाल प्रेस १२ असार २०८२ १५:५२ | Thursday, June 26, 2025
विद्यालय शिक्षा विधेयक अन्तिम चरणमा : शिक्षक महासंघ

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अन्तिम छलफलको चरणमा पुगेको छ। यस्तो समयमा नेपाल शिक्षक महासंघले विधेयकमा समावेश हुनुपर्ने विषयहरूमा सक्रिय पक्षीकरण जारी रहेको जनाएको छ।

आज महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले प्रतिनिधिसभाका प्रमुख दलका सांसदहरूसँग छलफल तथा भेटघाट गरेको जानकारी दिएका छन्। उनका अनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, पूर्वशिक्षामन्त्री एवं माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र एमालेकी सांसद लीला बोखिमसँग भेटवार्ता भएको हो।

अध्यक्ष सुवेदीले भने, ‘विद्यालय शिक्षा विधेयकका कतिपय प्रावधानहरूमा हाम्रो गम्भीर चासो छ। ती विषयमा हामीले प्रमुख सांसदहरूसँग स्पष्ट धारणा राखेका छौँ।’

शिक्षक महासंघले यसअघि पनि आफ्ना माग र सुझावहरू विधेयकमा समावेश गराउन विभिन्न चरणमा दबाब दिँदै आएको छ। विशेष गरी शिक्षकको व्यवस्थापन, स्थायीत्व, पेसागत सुरक्षा र प्रारम्भिक बाल विकास शिक्षकमाथिको उचित मान्यता जस्ता विषयहरूमा महासंघको जोड रहेको छ।

यसैबीच, समितिका सदस्यहरूले पनि शिक्षक महासंघका सुझावहरूलाई ध्यानमा राखी विधेयकलाई सबै पक्षको हित अनुकूल बनाउने प्रयास भइरहेको बताएका छन्।

प्रकाशित: १२ असार २०८२ १५:५२ | Thursday, June 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast