विद्यार्थी राजनीतिमा बिहानी पँगेनी, अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध

हिमाल प्रेस २८ जेठ २०८२ १६:५१ | Wednesday, June 11, 2025
विद्यार्थी राजनीतिमा बिहानी पँगेनी, अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध

काठमाडौँ- ‘कन्या राशी’ गीतकाे भिडियाेबाट चर्चामा आएकी बिहानी पँगेनी विद्यार्थी राजनीतिमा हाेमिएकी छन्। उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्।

कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी २४ औं राष्ट्रिय महाधिवेशनमा विश्वविद्यालयको महिला क्लष्टरमा उनी निर्विरोध भएकी हुन्।

यसअघि उनी अनेरास्ववियुको केन्द्रीय सदस्य थिइन्। पंगेनी कानुनकी विद्यार्थीसमेत हुन्।

केही समयअघि बुवा बद्री पँगेनीको गीत ‘कन्याराशी’ बाट मोडलिङमा उनले डेब्यु गरेकी थिइन्। गीत  निकै चर्चित बनेको थियो।

प्रकाशित: २८ जेठ २०८२ १६:५१ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast