विदेश अध्ययनका लागि भिसा तथा शैक्षिक शुल्क मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सकिने

हिमाल प्रेस ९ असार २०८२ २१:०३ | Monday, June 23, 2025
विदेश अध्ययनका लागि भिसा तथा शैक्षिक शुल्क मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सकिने

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुका लागि भिसा तथा शैक्षिक शुल्क भुक्तानी सेवा सुरु गरेको छ।

यो सेवाअन्तर्गत विद्यार्थीहरूले अस्टे«ेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्यान्ड, युरोपलगायतका मुलुकका शिक्षण संस्थाहरूको शुल्क भुक्तानी गर्न सक्नेछन्।

यो सेवा एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस प्रालि महाराजगञ्ज र मुक्तिनाथ विकास बैंकबीचको समझदारीपछि सुरू गरिएको हो। प्रारम्भिक चरणमा यो सेवा महाराजगञ्ज र कमलादी शाखा कार्यालयबाट उपलब्ध हुनेछ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न सेवा सुविधासमेत विस्तार गरेको छ। हालै सञ्चालनमा ल्याएको ‘मुक्तिनाथ फाइदा’ मोबाइल एपमार्फत ग्राहकले एकै ठाउँबाट विभिन्न बैंकिङ सेवाहरू पाउन सक्नेछन्।

प्रकाशित: ९ असार २०८२ २१:०३ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast