विदेशमा पनि ‘घरमा’ जस्तै माया!

हिमाल प्रेस १० असार २०८२ ११:०५ | Tuesday, June 24, 2025
विदेशमा पनि ‘घरमा’ जस्तै माया!

काभ्रे- रोजगारीका शिलशिलामा कुवेत पुगेकी रिना माझीलाई स्वेदश फर्किने क्रममा माझी समाज कुवेतले विदाइ गरेको छ।

माझी समाजले एक कार्यक्रमका बीच उनलाई विदाइ गरेको हो। लामो समय सँगै रहेर फर्किने क्रममा विदाइ गर्दा समाजका सदस्यहरूसँग रिना भावविह्वल बनेकी थिइन्।

उनले वैदेशिक रोजगारीका क्रममा आफूलाई समाजले सधैँ सहयोग गरेको र फर्किने क्रममा छुट्टिनु पर्दा स्तब्ध बनेको बताइन्।

काभ्रे घर भएकी रिना लामो समयदेखि कुवेतमा थिइन्। ‘मलाई वैदेशिक रोजगारमा
छोरीचेलीले यति धेरै माया पाउँछन् भन्ने लाग्दैन थियो। तर विदेशमा बस्दा समेत कहिल्यै स्वेदशको याद आएन’ उनले भनिन्। माझी समाजले उनलाई विदाइका साथै सम्मान पत्र समेत प्रदान गरेको थियो। उनी आज नेपाल आउँदैछन्।

प्रकाशित: १० असार २०८२ ११:०५ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast