एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसियल नेपालले तेस्रो राष्ट्रिय सम्मेलनमार्फत ७५ जना पदाधिकारी चयन गरेकोप्रति टिप्पणी गरेका छन्।
‘वाईसियलले ७५ जना पदाधिकारी नै बनाएछ,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संगठनात्मक अराजकताले सामाजिक अराजकता फैलिएकोप्रति ध्यान दिन नसक्नु दुःखद पक्ष हो।’
उनले संगठनात्मक अराजकताले सामाजिक अराजकता फैलाउने खतरा रहन्छ भन्ने प्रवृत्तिप्रति समयमै ध्यान नदिएको बताए।
प्रकाशित: २७ जेठ २०८२ ६:१५ | Tuesday, June 10, 2025
प्रतिक्रिया




