ललितपुरको महाँकालमा बाढीले बगाएर सबइञ्जिनियरको मृत्यु

हिमाल प्रेस १२ असार २०८२ ७:५० | Thursday, June 26, 2025
ललितपुरको महाँकालमा बाढीले बगाएर सबइञ्जिनियरको मृत्यु काठमाडौँ टोखा नगरपालिका– ९ स्थित नयाँ बसपार्क छेउमा देखिएको विष्णुमती नदीको जल सतह। तस्बिर : रासस

ललितपुर- ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सव इञ्जिनियर सविन दाहालको मृत्यु भएको छ।

महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो।

‘खोल्सामा साँझ अन्दाजी ७;३० बजेतिर आएको बाढीले बगाएर मृत्यु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शव फेला पार्‍यौं। यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ।’ उनले भने।

प्रकाशित: १२ असार २०८२ ७:५० | Thursday, June 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast