रूपन्देहीबाट ८७, शान्ति माविबाट मात्रै १८ विद्यार्थीको चार जीपीए

हिमाल प्रेस १४ असार २०८२ ९:४८ | Saturday, June 28, 2025
रूपन्देहीबाट ८७, शान्ति माविबाट मात्रै १८ विद्यार्थीको चार जीपीए

बुटवल- माध्यमिक शिक्षा परीक्षा (एसईई)मा रूपन्देहीका विद्यालयहरुले उत्कृष्ट अंक सहित धेरै विद्यार्थी उर्तीर्ण गराउन सफल भएका छन्। राष्ट्रियस्तरमा एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड हुँदा रूपन्देहीले १० प्रतिशत बढी अर्थात ७१.१ प्रतिशत ग्रेडेड नतिजा निकालेको छ।

शिक्षा विकास तथा समन्वय ईकाई रूपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार जिल्लाभर ८७ विद्यार्थीहरुले ४ जीपीए अंक ल्याएका छन्। देशभरबाट चार जीपीए ल्याउने विद्यार्थी ५४० जना छन्।

गत वर्षभन्दा रूपन्देहीमा एसईईको नतिजा २५ प्रतिशतले बृद्धि भएको उनले बताए। रूपन्देहीको तिलोत्तमामा रहेको सामुदायिक स्कूल शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेर नयाँ रेकर्ड कायम गरेका छन्।

विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए, जुन विद्यार्थी संख्या नेपालमै सबैभन्दा धेरै थियो । यस्तै बुटवल स्थित न्यू होराइजन माविबाट ११ जना विद्यार्थीले चार जिपिए ल्याएका छन्।

नेपालमै सबैभन्दा धेरै विद्यार्थी रहेको कालिका मानवज्ञान मावि बुटवलबाट ७ जना विद्यार्थीले चार जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए।

रूपन्देहीका अक्सफोर्ड माविबाट १०, सैनामैना नमुना माविबाट, न्यू लुम्बिनी इङलिस बोर्डिङ स्कुल, देवदह ४, नयाँगाउँ मावि बुटवलबाट ३ जना, गार्गी एकेडेमी बुटवलबाट २, दीप बोर्डिङ हाई स्कुल, बुटवलबाट २ जना विद्यार्थीले चार जिपिए ल्याएका हुन्।

प्रकाशित: १४ असार २०८२ ९:४८ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast