‘रियाल रिङ्गेट’ को गीतमा प्रवासी नेपालीको कथा

हिमाल प्रेस १० असार २०८२ १७:३३ | Tuesday, June 24, 2025
‘रियाल रिङ्गेट’ को गीतमा प्रवासी नेपालीको कथा

काठमाडौँ- फिल्म ‘रियल रिङ्गेट’ को ‘जिन्दगी : उडी जाने’ बोलको गीत सार्वजनिक भएको छ। निर्माण टिमले आइएनआई सिनेमाअन्तर्गत नयाँ बानेश्वरको एनबी सेन्टरमा कार्यक्रम गर्दै मंगलबार गीत सार्वजनिक गरिएको हो।

गीतमा वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरूको मार्मिक कथा समेटिएको छ। रवि मल्ल र कोसिस क्षेत्रीको शब्द रहेको गीतमा चन्दनध्वज केसी र किरण तुलाधरले संगीत भरेका छन्। गीत केतन क्षेत्रीले गाएका हुन्।

बाध्यताले विदेसिनुको पीडासहित गीतको भिडियोमा परदेशमा नेपालीको संघर्ष प्रस्तुत गरिएको छ। भिडियोमा अभिनेत्री नीता ढुंगाना र अभिनेता प्रमोद चौलागाईंको अभिनय छ। गीतमा कवि नाथन रायनको कविता पनि समावेश गरिएको छ जस्ले गीतको मर्मलाई थप बलियो बनाउन मद्दत गरेको छ।

फिल्मको नाम ‘रियाल रिङ्गेट’ कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ र मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रणबाट बनेको छ। यसले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरूलाई संकेत गरेको अनुमान गर्न सकिन्छ। रेबेल फिल्म्सले निर्माण गरेकाे फिल्म आगामी साउन १६ मा प्रदर्शन हुनेछ।

फिल्ममा अन्य कलाकारमा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरीलगायत कलाकार छन्।

प्रदीप भारद्वाजको कथा रहेको फिल्मका निर्देशक विभोर पोखरेल हुन्। करिब दुई दशकदेखि रेबेल क्रियसन सञ्चालन गर्दै आएका प्रधानले २०३९ सालमा भिडियो फिल्म ‘अभिलाषा’ निर्माण गरेका थिए। उनले निर्देशन गरेका थुप्रै म्युजिक भिडियो चर्चित छ।

यस्ताे छ गीत

प्रकाशित: १० असार २०८२ १७:३३ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast