रास्वपा नेतृत्वविहीन अवस्थामा देखियो : भट्टराई

हिमाल प्रेस १ असार २०८२ १७:०५ | Sunday, June 15, 2025
रास्वपा नेतृत्वविहीन अवस्थामा देखियो : भट्टराई

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखिएको टिप्पणी गरेका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखिएको भन्दै उदेश्यविहीन र गन्तव्यविहीन अवस्थामा अवरोधमा सामेल भइरहेको टिप्पणी गरे।

पार्टी नेतृत्वविहीन भएपछि रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखिएको उनको भनाइ छ। भट्टराईले भिजिट भिसा प्रकरणमा रास्वपाको मागबमोजिम छानविनको सुनिश्चितताको ग्यारेन्टी गर्दा पनि अचानक रास्वपा पछाडि हटेको बताए।

उनले उपयुक्त परिपक्व संसदीय अभ्यास नदेखाएकाले रास्वपाभित्र यसको पुर्नविचार हुने जिकिर गरे।

प्रकाशित: १ असार २०८२ १७:०५ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast