राजा ज्ञानेन्द्रको क्यारिकेचर गरेकाे भन्दै कमेडियन प्रभातलाई धम्की

हिमाल प्रेस १२ असार २०८२ १३:०६ | Thursday, June 26, 2025
राजा ज्ञानेन्द्रको क्यारिकेचर गरेकाे भन्दै कमेडियन प्रभातलाई धम्की

काठमाडौँ- हास्यव्यंग्यमा आधारित रियालिटी सो ‘कमेडी नाइट विथ च्याम्पियन’को पछिल्लो अंकमा कमेडियन प्रभात लामाले राजा ज्ञानेन्द्रको क्यारिकेचर गरेका थिए। राजाको क्यारिकेचर गरेको भन्दै उनलाई केही व्यक्तिले फोन र म्यासेजमार्फत धम्की दिइरहेको सामाजिक सञ्जालमा बताएका छन्।

उनले लामो स्टाटस लेख्दै भनेका छन्, म हालको गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री ज्यूको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पूर्व राजाको क्यारिकेचर गर्दा गलत के भयो? तपाईको राजा नआउदै यस्तो रवाफ देखाउनु हुन्छ भने साच्चै राजा आएको दिन के गर्नु हुन्छ? मलाई मेरो काम गर्न दिनुस् तपाई तपाईको राजा ल्याउदै गर्नुस्।’

उनले मनोरञ्जनका लागि गरिएको कार्यक्रमलाई त्यही शैलीमा लिन दर्शकलाई आग्रहसमेत गरेका छन्। ‘यो कार्यक्रम राजनीतिक अभिष्ट पूरा गर्न, कसैलाई सकाउन बनाएकाे होइन। त्यसैले मलाई कुनै पनि शैलीको धाक र धम्कीको भाषा प्रयोग नगरी दिनुहोला। हास्यव्यंग्य कलाकारले कसैको क्यारिकेचर गर्दैमा उहाँको मान मर्दन गरिने भन्ने होइन। बरु त्यो पात्रमार्फत धेरै कुरा र विचार ठट्याैली शैलीमा धेरै कुरा व्यक्त गर्न खोजिएको हुन्छ।’

जनजाति भएर राजाको क्यारिकेचर गरेको भन्नेलाई उनले कलाकारिता गरेर देखाउन चुनाैतीसमेत दिएका छन्।

प्रकाशित: १२ असार २०८२ १३:०६ | Thursday, June 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast