काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व प्रदान गरी यसैका माध्यमबाट आर्थिक विकास गर्नु भएको बताएकी छन्।
सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई आज (बुधबार) धनगढीमा सम्बोधन गर्दै मन्त्री डा. राणाले भनिन्, ‘मुलुक राजनीति अस्थिरताको बन्दी बनेपछि स्थायित्व प्रदान गर्न दुई प्रमुख दल कांग्रेस र एमालेको सरकार बनेको हो। त्यसैले यो सरकारको प्राथमिकता स्थायित्व, आर्थिक विकास र शान्ति हो।’
मन्त्री डा. राणाले कुनै पनि देशमा स्वदेशी तथा वैदेशिक लगानीका लागि सबैभन्दा पहिला राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्ने भएकाले यसैका लागि वर्तमान सरकार कार्यरत रहेको धारणा पनि राखिन्।
प्रकाशित: २१ जेठ २०८२ १८:२४ | Wednesday, June 4, 2025
प्रतिक्रिया





