रसुवामा दुई बालिका र एक महिलाको मृत्यु

हिमाल प्रेस ३ असार २०८२ २०:५० | Tuesday, June 17, 2025
रसुवामा दुई बालिका र एक महिलाको मृत्यु

रसुवा- रसुवाको दुई स्थानमा तीन जनाको निधन भएको छ। नौकुण्ड गापा वडा नं ५ र कालिका गापा वडा नं ५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला परेको र कालिका गापा वडा नं १ ग्राङ गाउँमा भर्‍याङले थिची एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

नौकुण्ड गापा वडा नं ५ सिस्नेरीका लालबहादुर मुक्तानको छोरीद्वय १३ वर्षकी सर्गम मुक्तान र १० वर्षकी सविना मुक्तान खोलामा मृतावस्थामा आज फेला परेको र  ग्राङका वर्ष ४३ की चिर्की तामाङ निर्माणाधीन बौद्य गुम्बाको भर्‍याङ भत्किँदा घाइते भई उपचारको क्रममा जिल्ला अस्पताल धुञ्चे लाँदैगर्दा बाटोमै मृत्यु भएको  जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए।

परीक्षणका लागि दुई बालिकाको शव त्रिशूली अस्पताल पठाइएको छ। तीनै जनाको मृत्युका सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान जारी राखिएको बताइएको छ।

प्रकाशित: ३ असार २०८२ २०:५० | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast