रवीन्द्र मिश्र तीन लाख धरौटीमा रिहा

हिमाल प्रेस ३ असार २०८२ १८:५१ | Tuesday, June 17, 2025
रवीन्द्र मिश्र तीन लाख धरौटीमा रिहा रवीन्द्र मिश्र। फाइल तस्बिर

काठमाडौँ– राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतबाट ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएहो । मिश्र मंगलबार नै बयानका लागि अदालतमा हाजिर भएका थिए। धरौटीमा रिहा भएपछि मिश्रले राज्यले अन्याय गरे पनि अदालतले न्याय दिएको प्रतिक्रिया दिए। राज्यले आफूहरुलाई दोषी करार गर्न विभिन्न आरोप लगाउनु दुखद रहेको उनले बताए।

मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो।

गत चैत १५ गते काठमाडौँ तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री शवलशमशेर राणा पनि सोमबार ३ लाख धरौटीमा रिहा भएका थिए। सोही घटनामा संलग्न दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान भएका छन्।

प्रकाशित: ३ असार २०८२ १८:५१ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast