यी जिल्लामा छ आकस्मिक बाढीको जोखिम

हिमाल प्रेस ९ असार २०८२ १०:३६ | Monday, June 23, 2025
यी जिल्लामा छ आकस्मिक बाढीको जोखिम

काठमाडौँ- देशको विभिन्न जिल्लाहरू आज आकस्मिक बाढीको मध्यम तथा सामान्य जोखिम रहेको देखिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बारा, पर्सा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत, र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान छ।

यसैगरी झापा, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, दाङ, रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको हुनसक्ने महाशाखाले जनाएको छ।

प्रकाशित: ९ असार २०८२ १०:३६ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast