यि हुन् मिस्टर र मिस एसईई सुपर मोडल २०२५ का विजेता

हिमाल प्रेस २ असार २०८२ १५:०५ | Monday, June 16, 2025
यि हुन् मिस्टर र मिस एसईई सुपर मोडल २०२५ का विजेता

काठमाडौँ- चौथो मिस्टर र मिस एसईई सुपर मोडल २०२५ का विजेताहरूको नामावली सार्वजनिक भएको छ। मिस्टरतर्फ श्याम झा र मिसतर्फ दिव्या थापाले जितेका छन्।

प्रतियोगितामा निर्वाणप्रसाद कर्माचार्य र सम्बृद्धि सिलवाल फस्ट रनरअप, स्पर्श तण्डुकार र भेनस राई सेकेण्ड रनरअप, छिरिङ लामा र प्रनिशा खड्का थर्ड रनरअप, भिजन तामाङ र मुस्कान थापा फोर्थ रनरअप तथा प्रतिज्ञा चौधरी फिफ्थ रनरअप घोषित भए।

त्यस्तै अभिव मल्ल ‘फेस अफ एसईई सुपर मोडल २०२५ (पुरुष)’, आरियाना खड्का ‘फेस अफ एसईई सुपर मोडल २०२५ (महिला)’, कुशल तामाङ र रोज शाक्य ‘ब्रान्ड एम्बासडर’, रिदम सिलवाल र प्रतिक्षा श्रेष्ठ ‘अर्गनाइजर च्वाइस’, प्रनिशा शाह ‘ब्युटी विथ ब्रेन’, परिना श्रेष्ठ ‘पब्लिक च्वाइस’ र कृञ्जल क्षेत्री ‘भ्युवर च्वाइस’ विजेता बने।

शीर्ष विजेता दुवैले जनही १ लाख रुपैयाँ, स्मार्ट फोन र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाएका छन्। त्यस्तै उनीहरुले एभरेष्ट फिल्म एकेडेमीमा १ लाख रुपैयाँको छात्रवृत्ति, आशिका एकेडेमीबाट मेकअप कोर्ष र फ्लाइटेक इन्टरनेशनलबाट एयर होस्टेस तालिमको छात्रवृत्ति प्राप्त गरेका छन्।

सहभागीहरूले घुमघाम प्याकेज, सीजीजी खेलकुद केन्द्रबाट बक्सिङ र मुवाथाई फिटनेस तालिम, एन प्लस प्रोफेसनल, फ्रुट जेम्स, रुलेक्स ९, औरा ब्यूटी केयर र ओप्स नेपाल उपहार प्राप्त गरेका छन्।

एभरेष्ट इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठ (रो बेन)ले एसईई परीक्षा दिइसकेका युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्दै उनीहरूको आत्मविश्वास, क्षमता र व्यक्तित्वलाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगिताको कोरियोग्राफर सुगन्धा अधिकारी र अर्शु महर्जन थिए भने प्रतियोगीको पहिरन डिजाइन आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनले गरेको थियो।

कार्यक्रम एभरेष्ट इभेन्ट्सको आयोजना र एन प्लस प्रोफेसनलको प्रस्तुतिमा आयोजना गरिएको हो।

प्रकाशित: २ असार २०८२ १५:०५ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast