यी हुन् चलचित्र विकास बोर्डले सम्मान गरेकाे धेरै कमाउने २५ फिल्म

हिमाल प्रेस १६ असार २०८२ १६:०१ | Monday, June 30, 2025
यी हुन् चलचित्र विकास बोर्डले सम्मान गरेकाे धेरै कमाउने २५ फिल्म

काठमाडौँ- चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बोर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई सम्मान गरेको हो।

स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्दै २५ फिल्मका निर्मातालाई सम्मान प्रदान गरेकाे छ। जसमा धेरै कमाउनेकाे पहिलाे नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’ परेकाे छ भने अन्तिममा ‘पशुपति प्रसाद २-भष्मे डन’ रहेकाे छ।

यसका लागि बाेर्डले  केही दिनअघि ५ करोडभन्दा माथि अधितकम व्यापार गर्ने फिल्मका निर्मातालाई आवेदन आह्वान गरेकाे थियाे।

यस्तो छ सम्मान पाउने फिल्मको सूची र कमाइ

१. पूर्ण बहादुरको सारङ्गी (४६ करोड ८७ लाख)
२. कबड्डी ४ (२१ करोड ४० लाख)
३. १२ गाउँ (१९ करोड ९२ लाख)
४. छक्का पञ्जा ४ (१७ करोड ५३ लाख)
५. जारी (१७ करोड ४८ लाख)
६. छक्का पञ्जा (१६ करोड १० लाख)
७. महाजात्रा (१५ करोड ६७ लाख)
८. छक्का पञ्जा ५ (१५ करोड २० लाख)
९. कोहिनुर (१४ करोड ७५ लाख)
१०. छक्का पञ्जा २ (१४ करोड ५१ लाख)
११. शत्रु गते (१२ करोड ६५ लाख)
१२. ऊनको स्वीटर (१० करोड ६२ लाख)
१३. कबड्डी २ (१० करोड ३५ लाख)
१४. बोक्सीको घर (१० करोड १० लाख)
१५. छ माया छपक्कै (९ करोड ९२ लाख)
१६. दिमाग खराब (८ करोड ९८ लाख)
१७. अञ्जिला (८ करोड ८३ लाख)
१८. परदेशी २ (७ करोड ९२ लाख)
१९. छक्का पञ्जा ३ (७ करोड ८३ लाख)
२०. प्रेम गीत ३ (७ करोड ६३ लाख)
२१. कबड्डी कबड्डी कबड्डी (७ करोड ५९ लाख)
२२. पुजार सार्की (७ करोड ३८ लाख)
२३. महापुरूष (७ करोड ३५ लाख)
२४. कबड्डी (७ करोड ३४ लाख)
२५. पशुपति प्रसाद २–भष्मे डन (७ करोड ३२ लाख)

प्रकाशित: १६ असार २०८२ १६:०१ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast