यस्तो छ आशान्त शर्मा निर्देशित ‘ताराहरू’ को टिजर

हिमाल प्रेस १३ असार २०८२ १७:५२ | Friday, June 27, 2025
2
SHARE
यस्तो छ आशान्त शर्मा निर्देशित ‘ताराहरू’ को टिजर

काठमाडौँ- फिल्म ‘ताराहरू’ को टिजर सार्वजनिक भएको छ। टिजर शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

फिल्मका निर्देशक आशान्त शर्मा हुन्। फिल्ममा निम्नमध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले आफ्नो सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामाना गर्नुपर्छ भन्ने देखाउन खोजिएको छ।

फिल्ममा निर्देशक शर्मासहित मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभास अधिकारी, राज पंगेनी शर्मा, प्रमोदकुमार यादव, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ।

वेज प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म आगामी भदौ ६ मा प्रदर्शन हुनेछ। फिल्मका निर्माता गोपिनी सेडाइँ र कृष्णप्रसाद पंगेनी शर्मा हुन्। सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा छन्।

यस्ताे छ टिजर

प्रकाशित: १३ असार २०८२ १७:५२ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast