मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

हिमाल प्रेस ३१ जेठ २०८२ १५:५३ | Saturday, June 14, 2025
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

धादिङ– धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।

हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२–०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका–८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो।

मुख र ढाडमा गम्भीर चोट लागेका थापालाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक स्वास्थ्य केन्द्र गजुरी पुर्‍याइएको थियो।

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ। थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

प्रकाशित: ३१ जेठ २०८२ १५:५३ | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast