‘मूर्तरूपमा छानबिन समिति गठन गर्ने सहमति भए संसद्को गतिरोध अन्त्य हुन्छ’

हिमाल प्रेस २९ जेठ २०८२ १९:५० | Thursday, June 12, 2025
‘मूर्तरूपमा छानबिन समिति गठन गर्ने सहमति भए संसद्को गतिरोध अन्त्य हुन्छ’

काठमाडौँ- रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा मूर्त रुपमा छानबिन समिति गठन गर्ने सहमति भए संसदको गतिरोध अन्त्य हुने बताएका छन्।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले भिजिट भिसा प्रकरणमा अध्ययन वा छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको भन्दै मूर्त रूपमा छानबिन समिति गठन हुने अवस्था बने संसद्को गतिरोध अन्त्य हुने बताएका हुन्। भिजिट भिसा प्रकरण सबैमाथि छानबिन हुनुपर्ने र दोषी उपर कारबाही हुने परिस्थिति बन्नुपर्ने उनको भनाइ छ।

प्रतिपक्षीले राखेका विषयलाई न्याय गर्ने गरी सत्तापक्ष सहमत भए निकास निस्कने उनले बताए। उनले अहिलेसम्म विपक्षी दलहरू एकै ठाउँ रहेको धारणा राखे।

प्रकाशित: २९ जेठ २०८२ १९:५० | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast