‘मालती मंगले’ मा जोडिए विजय र वर्षा

हिमाल प्रेस १३ असार २०८२ १८:१५ | Friday, June 27, 2025
4
SHARES
‘मालती मंगले’ मा जोडिए विजय र वर्षा

काठमाडौँ- फिल्म ‘मालती मंगले’ मा अभिनेता विजय बराल र वर्षा राउत अनुबन्धित भएका छन्। निर्माण टिमले शुक्रबार बराल र राउतसँग कागजी सम्झौता गरेका हुन्।

प्रकु पाण्डेयको कथा र निर्देशनमा बन्ने फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। फिल्म पारिवारिक कथामा आधारित रहनेछ। आगामी भदौदेखि छायांकन गर्ने टिमको तयारी छ।

गायक रामकृष्ण ढकाल निर्माता रहेको फिल्म रानी म्युजिक इन्टरनेसनलको ब्यानरमा निर्माण हुन लागेको हो।

महेश पौडेलले छायांकन गर्ने भनिएको फिल्म रोमी तण्डुकारको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन, राजेन्द्र थापाको गीत रचना र राजनराज सिवाकोटीले संगीत, विजय बस्यालको पोस्टर डिजाइनमा बन्नेछ।

प्रकाशित: १३ असार २०८२ १८:१५ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast