मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा नवनियुक्त राजदूतलाई स्वागत

हिमाल प्रेस ११ असार २०८२ २०:४४ | Wednesday, June 25, 2025
मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा नवनियुक्त राजदूतलाई स्वागत

काठमाडौँ- नेपालको तर्फबाट दक्षिण अफ्रिकाका लागि नियुक्त मानार्थ वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठले दक्षिण अफ्रिकाका नवनियुक्त राजदूत प्राध्यापक अनिल सुकलाल र उनकी श्रीमती डा.निलिस्त्र सुकलाल सिंहलाई स्वागत गरेका छन्।

ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा श्रेष्ठले उनीहरूलाई स्वागत गरेका हुन्।

कार्यक्रममा राजदूत सुकलाल र मानार्थ वाणिज्यदूत श्रेष्ठले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्नेबारे छलफल भएको थियो।

त्यस्तै उनीहरूबीच दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधिमण्डलसहितको भेटघाट तथा अनुभव आदानप्रदानको विषयमा समेत छलफल भएको थियो।

प्रकाशित: ११ असार २०८२ २०:४४ | Wednesday, June 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast