माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीचको छलफलमा के भयो?

हिमाल प्रेस १० असार २०८२ १८:५७ | Tuesday, June 24, 2025
माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीचको छलफलमा के भयो?

काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रममा छलफल भएको छ।

मंगलबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दुई दलबीच पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको समिति, समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन्।

छलफलपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दलबीचको सम्बन्ध, सदनको परिस्थितिको समीक्षा, समाजवादी मोर्चालाई अघि बढाउने लगायतका विषयमा सामान्य छलफल भएको बताए। उनले दुई बुँदे सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाउनु सकारात्मक भएको उल्लेख गरे।

प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफूले निरन्तर पहल गरिरहेकोले रास्वपाले त्यसलाई बुझ्ने जिकिर गरे।

छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, पम्फा भुसाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल लगायत सहभागी थिए।

प्रकाशित: १० असार २०८२ १८:५७ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast