माओवादीसँग सहमति भइसक्यो, दलपिच्छे सम्झौता गर्न आवश्यक छैन : बर्तौला

हिमाल प्रेस ६ असार २०८२ १४:५६ | Friday, June 20, 2025
माओवादीसँग सहमति भइसक्यो, दलपिच्छे सम्झौता गर्न आवश्यक छैन : बर्तौला नेकपा एमालेका नेतउ महेश बर्तौला। फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक नरहेको बताएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीसँग भएको सहमतिअनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताएका हुन्।

उनले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे।

संसदीय प्रणालीमा मुख्य विपक्षी दल नै मुख्य हुने भएकाले माओवादीसँग भएको समझदारीबमोजिम नै सदन अघि बढिरहेको उनले बताए।

त्यस्तै बर्तौलाले रास्वपाले उठाएका विषयलाई समाधान गर्न सरकारले नै प्रतिवद्धता जनाइसकेको अवस्थामा नीलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरुले स्टन्ट गर्न खाजेको जिकिर गरे।

संसदीय पद्धतीलाई ग्रहण गर्न रास्वपा असफल देखिएको उनको भनाइ छ। उनले रास्वपाका सांसदहरुको शैलीले स्वयं रास्वपालाई निल्ने तर्क गरे।

प्रकाशित: ६ असार २०८२ १४:५६ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast