माओवादीको दुई बुँदे ड्राफ्टमा एमाले सहमत छ : योगेश भट्टराई

हिमाल प्रेस २८ जेठ २०८२ १८:३८ | Wednesday, June 11, 2025
माओवादीको दुई बुँदे ड्राफ्टमा एमाले सहमत छ : योगेश भट्टराई

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संसदको गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार गरेको छ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले सहमतिका लागि माओवादीले दुई बुँदे सहमतिको ड्राफ्ट छलफलमा ल्याएको र त्यसमा आफूहरू सहमत रहेको बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले माओवादीको ड्राफ्टमा आफूहरूको सहमति रहे पनि रास्वपाको असहमति देखिएको उल्लेख गरे।

रास्वपाले ल्याएको ड्राफ्टमा भने एमालेको असहमति रहेको उनले बताए। भट्टराईले प्रतिपक्षी दलले समान धारणा बनाउनका लागि समय माग गरेकाले बुधबारको सदन स्थगित गरेर बिहीबार ३ बजेका लागि बोलाइएको बताए।

उनले लामो समय संसद अवरुद्ध हुन नसक्ने भएकाले अब संसद नियमित कार्यसूचीमा प्रवेश गर्ने दाबी गरे।

प्रकाशित: २८ जेठ २०८२ १८:३८ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast