काठमाडौँ- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् ‘डिस्चार्ज’ भएका छन्।
छातीमा संक्रमण भएपछि महासचिव वैद्यलाई करिब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो। किरणको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज भएको उनकी छोरी चेतना शर्माले जानकारी दिइन्।
प्रकाशित: ३ असार २०८२ १६:२९ | Tuesday, June 17, 2025
प्रतिक्रिया



