काठमाडौँ- दैलेखमा मलामी गएका एक बालकको नदीमा डुबेर मृत्यु भएको छ। गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको सोमबार मलामी गएको बेला रतिखोला घाटमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
पानीमा डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएका थिए। त्यहाँ पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।
घाँस काट्ने क्रममा भिरबाट लडेकी गाउँकै एक महिलाको मलामी जाने क्रममा बालकको नदीमा डुबेर मृत्यु भएको हो।
गुराँस गाउँपालिका–४ मैलारीकी ४१ वर्षीया टीका बिसीको शनिबार घाँस काट्ने क्रममा खनियाको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको थियो।
प्रकाशित: ३ असार २०८२ ७:१७ | Tuesday, June 17, 2025
प्रतिक्रिया




