मधेश सरकारले शिक्षाको यी शीर्षकमा छुट्यायो बजेट

हिमाल प्रेस २ असार २०८२ १४:५१ | Monday, June 16, 2025
मधेश सरकारले शिक्षाको यी शीर्षकमा छुट्यायो बजेट

काठमाडौँ- मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि शिक्षा क्षेत्रमा विभिन्न सुधार तथा विकासका लागि बजेट विनियोजन गरेको छ।

आइतबार प्रदेशसभा बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले प्रस्तुत गरेको बजेट अनुसार प्रदेशभित्रका विद्यालयहरूको क्षमता अभिवृद्धि गर्दै शिक्षक व्यवस्थापनका लागि स्वयंसेवक शिक्षक कार्यक्रम सञ्चालन गर्न बजेट छुट्याइएको छ।

साथै, सम्बन्धन प्राप्त सामुदायिक प्राविधिक विद्यालयहरूलाई सशर्त अनुदान उपलब्ध गराई पुस्तकालय र विज्ञान शिक्षामा सुधार गर्न विज्ञान प्रयोगशाला स्थापना गर्ने कामका लागि पनि बजेट विनियोजन गरिएको छ।

विद्यालयहरूलाई सूचना तथा सञ्चार प्रविधि (ICT) मैत्री बनाउन स्मार्टबोर्ड र ई-लाईब्रेरी स्थापना गर्ने योजना समेत राखिएको छ।

मधेश प्रदेशका आठ जिल्लामा विद्यालयहरूको संरचनात्मक सुधारका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि पनि बजेट छुट्याइएको छ।

त्यस्तै, प्रदेशका विश्वविद्यालयहरूको प्रशासनिक, भौतिक संरचना तथा व्यवस्थापकीय सुधारका लागि अनुदान मार्फत आवश्यक रकम विनियोजन गरिएको छ।

शिक्षा तथा संस्कृति मन्त्रालयका लागि कुल ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार बजेट व्यवस्था गरिएको छ।

प्रकाशित: २ असार २०८२ १४:५१ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast