मधेशको बजेट मिथिला पेन्टिङ गरिएको कपडाको झोलामा

हिमाल प्रेस १ असार २०८२ १८:०८ | Sunday, June 15, 2025
मधेशको बजेट मिथिला पेन्टिङ गरिएको कपडाको झोलामा

काठमाडौँ– मधेश प्रदेश सरकारले मिथिला पेन्टिङ भएको कपडाको झोलामा बजेट ल्याएको छ।

प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले मिथिला पेन्टिङ गरिएको कपडाको झोलामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट राखेर प्रदेशसभा पुगेका हुन्।

यसअघिका अर्थमन्त्रीले ब्रिफकेसमा बजेट ल्याउने प्रचलन तोड्दै उनले मिथिला पेन्टिङ गरिएको कपडाका झोलामा बजेट ल्याएका हुन्। बजेट राखिएको झोलालाई रिबनले बेरिएको थियो।

प्रदेशसभा बैठकमा अर्थमन्त्री यादवले केही बेरअघिआगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरू गरेका छन्।  यसअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको प्रस्तावित बजेट पारित गरेको थियो।

मुख्यमन्त्री सतिशकुमार सिंहले नीति तथा कार्यक्रममा समेटिएका प्राथमिकता, लक्ष्य र घोषणाहरू कार्यान्वयन गर्नेगरी बजेट आउने बताएका छन्।

प्रदेश सरकारले केही दिनअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो।

प्रकाशित: १ असार २०८२ १८:०८ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast