मधेशकेन्द्रित दलले गरे भिजिट भिसा प्रकरणमा छानबिनको माग

हिमाल प्रेस ३० जेठ २०८२ २०:१५ | Friday, June 13, 2025
मधेशकेन्द्रित दलले गरे भिजिट भिसा प्रकरणमा छानबिनको माग

काठमाडौँ- मधेशकेन्द्रित सात राजनीति दलको संघीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसा प्रकरणमा छानबिनको माग गरेको छ।

शुक्रबार काठमाडौंमा बसेको मोर्चाको बैठकले भिजिट भिसामा नाममा मानव तस्करीको विषय जोडिएकाले छानबिनको माग गर्ने निर्णय गरेको हो। भिजिट भिसा प्रकरणमा छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्दै दोषीमाथि कारबाही हुनुपर्ने बैठकको निष्कर्ष रहेको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए।

बैठकले साझा उद्देश्य पूरा गर्न आदिवासी जनजाति आबद्ध दल, संगठन र संस्थाहरूसँग सहकार्य गरेर संयुक्तरूपमा संघर्षलाई अघि बढाउन वार्ता गर्ने निर्णय गरेको उनले बताए।

त्यस्तै बैठकले मोर्चाको कार्यलाई व्यवस्थित गर्न सचिवालयले बनाएको कार्यविधिमाथि मोर्चा आबद्ध दलको सुझाव दिएर अर्को बैठकमा अन्तिम रूप दिने निर्णय भएको महतोले जानकारी दिए।

प्रकाशित: ३० जेठ २०८२ २०:१५ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast