मञ्जुश्री फाइनान्सद्वारा ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा सुरू

हिमाल प्रेस ८ असार २०८२ २०:१३ | Sunday, June 22, 2025
मञ्जुश्री फाइनान्सद्वारा ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा सुरू

काठमाडौँ- मञ्जुश्री फाइनान्स लिमिटेडले ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा सञ्चालनमा ल्याएको छ। आफ्नो डिजिटल सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले यो सेवा सुरू गरेको हो।

यो नयाँ सेवामार्फत मञ्जुश्री स्मार्ट मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले निःशुल्क अन्तरबैंक रकम स्थानान्तरण गर्न सक्ने कम्पनीले जनाएको छ।

यो सेवा ‘एनपीएस’ मा आवद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थामा उपलब्ध खातामा रकम पठाउन सकिने ‘इन्स्टा फन्ड ट्रान्सफर’ विकल्पमार्फत प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

निक्षेपकर्तालाई आकर्षक ब्याजदर र कर्जाको हकमा सुलभ दर प्रदान गर्दै आएको मञ्जुश्री फाइनान्सले हालसम्म २७ शाखा र एक विस्तारित काउन्टरमार्फत सेवा दिँदै आएको छ।

कम्पनीका अनुसार हालसम्म १ लाख ५० हजारभन्दा बढी ग्राहकहरूले सेवा उपयोग गरिरहेका छन्।

प्रकाशित: ८ असार २०८२ २०:१३ | Sunday, June 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast