भिनिसियसको गोलमा ब्राजिल विश्वकपमा

हिमाल प्रेस २८ जेठ २०८२ १५:१३ | Wednesday, June 11, 2025
भिनिसियसको गोलमा ब्राजिल विश्वकपमा तस्बिर एपी

काठमाडौ- भिनिसियस जुनियरको एक मात्र निर्णायक गोलले ब्राजिल सन् २०२६ मा हुने फिफा विश्वकपको छनोट भएको छ। मंगलबार साओ पाउलोमा भएको खेलमा ब्राजिलले प्याराग्वेलाई १-० ले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको हो।

जितसँगै ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटिको घरेलु मैदानमा भएको पहिलो खेल पनि सफल भएको छ। खेलको एक मात्र गोल रियल मड्रिडका पूर्वजोडी भिनिसियसले गरेका थिए।

यसैबीच, इक्वेडर पनि विश्वकप नजिक पुगेको छ भने हालको विश्व विजेता अर्जेन्टिनाले कोलम्बियासँग १–१ को बराबरी खेलेको छ। अर्जेन्टिनाले भने यसअघि नै २०२६ मा संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ।

ब्राजिल हाल २५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। अर्जेन्टिनासँग १० अंकले पछि परे पनि सातौं स्थानको टोलीभन्दा ६ अंकले अघि रहेको ब्राजिलले अब मात्र दुई खेल खेल्न बाँकी छ।

दक्षिण अमेरिकी क्षेत्रबाट शीर्ष ६ टोलीले सिधै ४८ टोली सहभागी हुने आगामी विश्वकपमा स्थान बनाउनेछन्।

प्रकाशित: २८ जेठ २०८२ १५:१३ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast