भिजिट भिसा प्रकरण : प्रमुख विपक्षी माओवादी केन्द्रले दियो सरकारलाई धन्यवाद

हिमाल प्रेस १० असार २०८२ १३:४६ | Tuesday, June 24, 2025
भिजिट भिसा प्रकरण : प्रमुख विपक्षी माओवादी केन्द्रले दियो सरकारलाई धन्यवाद

काठमाडौँ- नेकपा माओवादी केन्द्रले भिजिट भिसासम्बन्धमा सरकारले सोमबार गठन गरेको उच्चस्तरीय छानबिन समितिको स्वागत गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो मागअनुसार सरकारले सो समिति गठन गरेको भन्दै धन्यवाद ज्ञापन गरे।

उनले भने,‘लोकतन्त्रलाई थप सुदृढ बनाउन यसमा देखिएका समस्यालाई समयानुकूल सुधार गर्दै जानुपर्छ,व्यवस्था वा प्रणालीमा देखिएका समस्या जनाभावनाअनुसार सुधार गर्दै लैजानुपर्छ।’

उपमहासचिव पुनले सो समितिले भिजिट भिसा सम्बन्धमा देखिएका दिगो समाधानका लागि गहिरो र निष्पक्ष छानबिन गरोस् भनि शुभकामना व्यक्त गरे।

उनले भिजिट भिसा प्रकरण सम्बन्धमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले समेत काम गरिरहेको र राम्रो गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको बताए।

गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको आजको बैठकमा पूर्वमुख्य सिचव शंकरदास वैरागिको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको जानकारी दिए।

गृहमन्त्री लेखकले समितिका सदस्यहरूमा ६ मन्त्रालयका सहसचिव रहेको जानकारी दिए। समितिको सदस्यमा सहसचिव तीर्थराज चिलवाल (अर्थ), अरुणा जोशी (कानुन, न्याय तथा संसदीय मामिला), रामकृष्ण लामिछाने (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मणिरत्न कोइराला (परराष्ट्र), प्रदीप कोइराला (श्रम, रोजागार तथा सामाजिक सुरक्षा) र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन्।

प्रकाशित: १० असार २०८२ १३:४६ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast