भिजिट भिसा प्रकरण : छानबिन समिति बनाउन सहमति जुटाउँदै सरकार

हिमाल प्रेस २८ जेठ २०८२ १४:५२ | Wednesday, June 11, 2025
भिजिट भिसा प्रकरण : छानबिन समिति बनाउन सहमति जुटाउँदै सरकार सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ।

काठमाडौँ- सरकारले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको विषयमा छानबिन गर्न समिति बनाउने भएको छ। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।

उनले मन्त्रिपरिष्दको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग अनुचित हो। छानबिन समिति बनाउने विषयमा छिटै सहमति हुन्छ।’

अहिले दलहरूबीच छानबिन समितिकै विषयमा छलफल भइरहेको जानकारी पनि उनले दिए।

प्रकाशित: २८ जेठ २०८२ १४:५२ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast