नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा।
काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा सबै राजनीतिक दलहरू सहमति नजिक पुगेको बताएका छन्।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भिजिट भिसा प्रकरणमा शुक्रबार तीन बुँदे सहमति तयार हुने र सदनको गतिरोध अन्त्य हुने समेत बताए। अख्तियारले गरिरहेको छानबिनलाई कुनै असर नपर्ने गरी सरकार सुधारात्मक कार्य गर्न तयार हुने उनले बताए।
खतिवडाले भिजिट भिसा प्रकरणमा सरकारले नीतिगत सुधार गर्ने गरी सहमति हुने जिकिर गरे।
प्रकाशित: २९ जेठ २०८२ २०:०३ | Thursday, June 12, 2025
प्रतिक्रिया




