भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नै प्रस्तावबाट पछि हट्यो : कांग्रेस

हिमाल प्रेस १ असार २०८२ १७:२५ | Sunday, June 15, 2025
भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नै प्रस्तावबाट पछि हट्यो : कांग्रेस फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा आफूले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेको आरोप लगाएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले रास्वपाको प्रस्तावअनुसार नै सरकारले भिजिट भिसा प्रकरणको छानविन गर्ने प्रतिवद्धता जनाउँदा अन्तिममा रास्वपा पछि हटेको आरोप लगाएका हुन्।

‘सहज ढंगले सञ्चालन गर्न आफूहरू १८ दिनसम्म निरन्तर कोशिसमा रह्यौँ, सबै दलहरूबीच कुरा पनि मिलेकै थियो,’ उनले भने, ‘रास्वपाले एउटा कुरा थप्न भनेर माग गर्‍यो, छानबिन कहिलेसम्म प्रारम्भ गर्नुहुन्छ भनेर समयावधि, त्यसका लागि पनि हामी तयार नै थियौँ। तर, उहाँहरू पछि ब्याक हुनुभयो, जोरजबरजस्तीमा उत्रिनुभयो, त्यसपछि हामीसँग सदन चलाउनुको विकल्प बाँकी रहेन।’

आफूले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेपछि समयमा नै बजेट पारित गर्न सदन चलाउनुको विकल्प नभएको उनले बताए।

घिमिरेले सदनलाई अघि नबढाए बजेट पारित गर्न असफल हुने देखिएकाले रास्वपाको विरोधका बाबजुत सदनलाई अघि बढाइने धारणा राखे।

प्रकाशित: १ असार २०८२ १७:२५ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast