गृहमन्त्री लेखक फसून भन्ने चाहना छैन, तर सत्य लुकाउन दिँदैनौं : उपसभापति वाग्ले

हिमाल प्रेस १० असार २०८२ १३:१३ | Tuesday, June 24, 2025
गृहमन्त्री लेखक फसून भन्ने चाहना छैन, तर सत्य लुकाउन दिँदैनौं : उपसभापति वाग्ले

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन सुनिश्चित गर्न गृहमन्त्री रमेश लेखकलाई पदबाट अलग हुन आग्रह गरेका छन्।

मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै वाग्लेले गृहमन्त्री लेखकको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षणकै कारण उनी छानबिनको दायरामा आउन सक्ने भन्दै राजीनामाका लागि आग्रह गरेका हुन्।

‘उहाँ यो छानबिनबाट अलग भएर संसदीय छानबिनको मार्ग खुला गर्नुहोस्। चोखिएर आउनुहोस्,’ उनले भने, ‘रमेश लेखकसँग हाम्रो कुनै व्यक्तिगत आग्रह-दुराग्रह छैन। उहाँ राम्रा व्यक्ति हो।’

वाग्लेले गृहमन्त्री लेखकलाई आफू कांग्रेसमा हुँदा ‘राजनीतिक दाइ’ का रूपमा लिएको स्मरण पनि गरे। ‘उहाँ अघिल्लोचोटि मेरा दाइ नै हुनुहुन्थ्यो राजनीतिमा,’ उनले भने, ‘हामी उहाँ फसून भन्ने चाहँदैनौँ।’

तर, नैतिकताको कुरा गर्नेहरूले यस्तो संवेदनशील अवस्थामा पदमा रहनु उपयुक्त नहुने भन्दै वाग्लेले आलोचना गरे। उनले भने, ‘काफिला क्युँ लुटावाला मन्त्री उहाँ होइन र? आफ्नो पालो आउँदा नैतिकता किन देखाइनु? कि म हिपोक्रिट हो भनेर भन्नुपर्ने?’

रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएको छ।

प्रकाशित: १० असार २०८२ १३:१३ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast