बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन विनियमावली बनाउँछौँ : गड्तौला

हिमाल प्रेस ६ असार २०८२ १९:०६ | Friday, June 20, 2025
बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन विनियमावली बनाउँछौँ : गड्तौला

काठमाडौँ- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले चाँडै विनियमावली बनाएर पीडितलाई न्याय दिने बताएकी छन्।

आयोगले आज (शुक्रबार) यहाँ आयोजना गरेको सङ्क्रमणकालीन न्यायमा पीडित र सरोकारवालासँगको अन्तरक्रियामा उनले नयाँ विनियमावली बनाउनका लागि आवश्यक छलफल गर्ने बताएकी हुन्।  ‘सरकारले हामीलाई ऐन दिएको छ। अब त्यही ऐन टेकेर नयाँ विनियमावली बनाउनुछ,’ उनले भने, ‘आयोगले वार्षिक कार्ययोजना बनाएर चाँडै काम थाल्ने छ।’

सूदूरपश्चिम प्रदेशकी पूर्वप्रमुख तथा बेपत्ता पारिएका परिवारका सदस्य शर्मिला त्रिपाठीले तेस्रो पटक गठन गरिएको आयोगले बेपत्ता परिवारको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने बताइन्। उनले छोरोछोरीलाई जेनतेन पढाए जागिर पाउन समस्या भएकोले छुट्टै आरक्षणको व्यवस्था गरेर जागिरको सुनिश्चित गर्न आग्रह गरिन्।

नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले आयोग पहिले जस्तो नभएर कार्यमा केन्द्रित भइ पीडितका माग सम्बोधन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ६ असार २०८२ १९:०६ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast