बीपीमा आजदेखि गुड्ने छैनन् रातको समयमा सवारी

हिमाल प्रेस ७ असार २०८२ ८:२६ | Saturday, June 21, 2025
बीपीमा आजदेखि गुड्ने छैनन् रातको समयमा सवारी फाइल तस्बिर

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गमा रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै आजदेखि १५ दिनका लागि यो निर्णय लागू गरिएको हो।

प्रशासनले जारी गरेको सूचनाअनुसार बीपीराजमार्गको सिन्धुली, खुर्कोट हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

हाल देशैभरि मनसुन सक्रिय रहेकाले वर्षाका कारण जुनसुकै बेला बाढी, पहिरो जस्ता विपद्को अवस्था सिर्जना हुन सक्ने भन्दै यात्रु तथा सवारीको सुरक्षाका लागि यस्तो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

शुक्रबार बसेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकको निष्कर्षको आधारमा यो निर्णय गरिएको हो ।

प्रकाशित: ७ असार २०८२ ८:२६ | Saturday, June 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast