बिदेसिएका नेपाली युवाको कथामा ‘रियाल रिङ्गेट’, साउन १६ देखि प्रदर्शन

हिमाल प्रेस २७ जेठ २०८२ ११:०४ | Tuesday, June 10, 2025
बिदेसिएका नेपाली युवाको कथामा ‘रियाल रिङ्गेट’, साउन १६ देखि प्रदर्शन

काठमाडौँ- फिल्म ‘रियाल रिङ्गेट’ आगामी साउन १६ देखि प्रदर्शन हुने भएको छ। निर्माण कम्पनी रेबेल फिल्म्सले एक पोस्टर सार्वजनिक गर्दै आगामी साउन १६ लाई प्रदर्शन मिति घोषणा गरेको हो।

फिल्मको कथा बिदेसिने नेपाली युवाको सपना, संघर्ष र पारिवारिक बिछोडको कथामा आधारित छ।

नीता ढुंगाना मुख्य भूमिकामा रहेको फिल्ममा प्रमोद चौलागाईं, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरी लगायत कलाकारको अभिनय छ।

विभोर पोखरेलले निर्देशन गरेको फिल्मका निर्माता गगनलाल प्रधान हुन्। फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका छन्।

हरि घलले छायांकन गरेको फिल्म रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा राजीव समरको कोरियोग्राफीमा बनेको छ।

प्रकाशित: २७ जेठ २०८२ ११:०४ | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast