 पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिकामा पर्ने विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएपछि एक्साभेटरबाट यात्रुको उद्धार गरिँदै। काठमाडौँबाट नेपालगन्जर्फ जाँदै गरेको भे.१ .ख ४०८५ नम्बरको यात्रुवाहक बसलाई मध्यराति करिब १२ः१० बजेको समयमा विनयी खोलामा आएको बाढीले बगाउँदा तीन जना शिशुसहित ३८ यात्रुलाई एक्साभेटरको सहयोगमा उद्धार गरिएको हो। तस्बिर सौजन्य : जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर/रासस

                                            काठमाडौँ- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगायो तर नेपाल प्रहरीको विवेकपूर्ण कामले बसमा सवार ३८ यात्रुको उद्धार गरिएको छ।
काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गएराति बाढीले बगाएको थियो। इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको बताए।
उनले भने, ‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो। तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ।’
                            प्रकाशित: ६ असार  २०८२ ८:४८ 
                        
                        प्रतिक्रिया
                        
 हिमाल प्रेस
                     हिमाल प्रेस                     