बागमती प्रदेशसभाको बैठक स्थगित

हिमाल प्रेस १६ असार २०८२ २०:४० | Monday, June 30, 2025
बागमती प्रदेशसभाको बैठक स्थगित

मकवानपुर- बागमती प्रदेशसभाको आज (सोमबार) का लागि बोलाएको बैठक स्थगित भएको छ। अपराह्न १ बजे बस्ने भनिएको बैठक आज (सोमबार) अबेरसम्म पनि बस्न नसकेपछि विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको हो। अब यही असार १९ गते दिनको ११ बजे बैठक बस्ने प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए।

सभामुख भुवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्षसँगको सहमतिअनुसार असार १९ गते बिहीबार दिनको ११ बजे बस्ने गरी बैठक आह्वान  र सोहीअनुसार सबै सदस्यलाई सूचना गरिएको बताए।

गत असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत आव २०८२/०८३ को बजेट निष्पक्ष र पारदर्शी नभएको, व्यक्तिमुखी भएको भनि सत्तापक्ष दलका केही सदस्य र प्रतिपक्ष दलका सदस्यको प्रतिरोध गरिहेका छन्। सोही कारण आजको बैठक स्थगित हुनपुगेको राप्रपा संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए।

प्रकाशित: १६ असार २०८२ २०:४० | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast