बहुभाषिक पहिचान प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे

हिमाल प्रेस १२ असार २०८२ १५:०२ | Thursday, June 26, 2025
बहुभाषिक पहिचान प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बहुभाषिक पहिचान प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले सम्पूर्ण मातृभाषाहरू राष्ट्रभाषा भएकाले बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

भाषा आयोगले भाषाको संरक्षण, अध्ययन, अनुसन्धान तथा विकास कार्य गर्दै आएको उनले जानकारी दिए। हालसम्म १२४ वटा भाषा पहिचान भइसकेको भन्दै उनले ९३ वटा भाषा आदिवासी समुदायसँग सम्बन्धित रहेको बताए। ती भाषाहरूको संरक्षण, अभिलेखीकरण र प्रयोग प्रवद्र्धनमा सरकार निरन्तर लागि परेको मन्त्री पाण्डले बताए।

मन्त्री पाण्डेले विविध भाषाभाषी समुदायको मौलिक अधिकार संरक्षण गर्नु नै सशक्त सामाजिक समावेशिता र पहिचानको आधार भएको स्पष्ट पारे।

त्यस्तै उनले कैलाली जिल्लास्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकार गम्भीर रहेको र देशको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान प्रवर्द्धनप्रति प्रतिवद्ध रहेको बताए।

प्रकाशित: १२ असार २०८२ १५:०२ | Thursday, June 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast