बलिउड अभिनेता प्रदीप रावत ‘आ बाट आमा’ मा अनुबन्धित

हिमाल प्रेस ३० जेठ २०८२ १५:४६ | Friday, June 13, 2025
बलिउड अभिनेता प्रदीप रावत ‘आ बाट आमा’ मा अनुबन्धित

काठमाडौँ- बलिउड फिल्मका अभिनेता प्रदीप रावत फिल्म ‘आ बाट आमा’मा अनुबन्धित भएका छन्। फिल्ममा उनी जोडिएको निर्देशक चन्द्र पन्तले बताए।

उनले भने, ‘आ बाट आमा’ मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौँ। उहाँले फिल्ममा पल शाहको बुवाको भुमिकामा देखिनु हुनेछ। उहाँ नेपाली स्टायलको भूमिका मै हुनुहुन्छ।’

नेपाली फिल्ममा काम गर्न आफू निकै उत्साहित रहेको अभिनेता रावतले बताए। यसअघि उनले फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका थिए। जसमा अभिनेत्री नीता ढुङगानाको बुवाको भूमिकामा थिए।

निर्देशक पन्तले नै निर्देशन गरेको फिल्म ‘माई’ र ‘ह्रस्व दीर्घ’मा उनले अभिनय गरेका थिए। फिल्ममा विपना थापा, पल शाह अनुबन्ध भइसकेका छन्। पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’ बाट विपनाले १६ वर्षपछि नेपाली रजतपटमा कमब्याक (पुनरागमन) गरेकी थिइन्। निर्देशक पन्तको दोस्रो फिल्ममा पनि उनले सहकार्य गर्न लागेकी हुन्।

फिल्मको स्क्रिप्ट अभिमन्यू निरवीले तयार पारेका हुन आगामी भदौबाट छायांकन गर्ने टिमको तयारी छ। फिल्मको प्रदर्शन मिति भने आगामी फागुन १५ लाई तोकिएको छ।

प्रकाशित: ३० जेठ २०८२ १५:४६ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast