बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

हिमाल प्रेस १० असार २०८२ ११:५३ | Tuesday, June 24, 2025
बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले नेपाल सरकारबाट संघीय संसद्मा प्रस्तुत विनियोजन विधेयक-२०८२ पारित गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको शीर्षनेताहरूको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूले आज जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरूलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो।

सत्तापक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विवषयमा प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिए।

प्रकाशित: १० असार २०८२ ११:५३ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast