प्रभु साहले रोष्ट्रमबाटै च्याते संघीय निजामती विधेयक

हिमाल प्रेस १५ असार २०८२ १५:०६ | Sunday, June 29, 2025
प्रभु साहले रोष्ट्रमबाटै च्याते संघीय निजामती विधेयक

काठमाडौँ– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक संसदको रोष्ट्रमबाटै च्यातेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलका क्रममा साहले निजामती सेवा विधेयक विभेदकारी रहेको भन्दै रोष्ट्रमबाटै उक्त विधेयक च्यातेका हुन्।

उनले संघीय निजामति सेवा विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी दिए। गरिबको भविष्यमाथि खेलवाड गर्ने गरी आएको विधेयक स्वीकार्य नहुने भन्दै उनले उक्त विधेयक पारित भए गरिबका लागि कालो दिन हुने धारणा राखे। सरकारी जागिरमा गरिबलाई बञ्चित गर्न खाजेको उनले बताए।

गरीबको भविष्यलाई हत्या गर्ने गरी विधेयक आएको उनले आरोप लगाए। विधेयकले गरीबलाई सरकारी जागिर प्रवेशमा रोक लगाएको उनको भनाइ छ।

सांसद साहले विधेयकमा माथिल्लो तहका कर्मचारीलाई स्थायी गर्ने व्यवस्था भए पनि तल्लो तहका कर्मचारीसँग विभेद गरिएको उल्लेख गरे। यो विधेयकलाई नेपाली जनतालाई स्वीकार नगर्ने उनले बताए।

संघीय निजामती सेवा विधेयक पारित गर्ने प्रक्रियामा सहभागी नहुने भन्दै साहले सदन बैठक बहिष्कार गरेका छन्।

प्रकाशित: १५ असार २०८२ १५:०६ | Sunday, June 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast