 प्रधानमन्त्री केपी शर्मा ओली
                             प्रधानमन्त्री केपी शर्मा ओली
                                            काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणका विषयमा प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन्।
शनिबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी स्पेन जान लागेको बताए। स्पेन पुगेपछि असार १५ गते नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
सोही दिन स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग हाम्रो प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक तय भएको उनले जानकारी दिए। प्रधानमन्त्री ओलीले असार १६ गते नेपालका प्रधानमन्त्री एवं अल्प विकसित राष्ट्रहरु (एलडीसी) को अध्यक्षको हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको धारणा राखे।
असार १७ गते अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता सहित उद्घाटन मन्तव्य दिने, नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा सम्बोधन लगायतका कार्यक्रम रहेको उनले बताए।
असार १९ गते भ्रमणको अन्तिम दिन स्वदेश फर्किनु अघि रियल म्याड्रिड फुटवल क्लबका अधिकारीहरुसँगको भेटघाट र साण्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम रहेको उनले बताए। हप्ता दिन पछि असार २० गते दिउँसो काठमाडौँमा अवतरण गर्ने कार्यतालिका रहेको उनको भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             ![म केपी ओलीसँग चुनाव लड्न तयार छु : रन्जित तामाङ [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/10/ranjit_tamang_maosit_leader.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 