प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

हिमाल प्रेस १४ असार २०८२ ८:३९ | Saturday, June 28, 2025
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले आजबाट गर्ने स्पेन भ्रमणका बारेमा संसद्लाई जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने छन्।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ स्पेन प्रस्थान गर्दै छन्।

प्रकाशित: १४ असार २०८२ ८:३९ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast