प्रतिनिधिसभामा सभामुख घिमिरे र लिङ्देनबीच दोहोरी

हिमाल प्रेस ३० जेठ २०८२ १६:५९ | Friday, June 13, 2025
प्रतिनिधिसभामा सभामुख घिमिरे र लिङ्देनबीच दोहोरी

काठमाडौँ– प्रतिनिधिसभा बैठक शुक्रबार पनि अवरुद्ध भएको छ। अपराह्न पौने ५ बजे संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका विपक्षी दलले संसद् अवरोध गरेपछि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। बैठकको आरम्भमा सभामुख देवराज घिमिरेले माओवादी सांसद हितराज पाण्डेलाई बोल्न दिएपछि रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका थिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिपक्षीले बोल्न पाउनुपर्ने माग गरेका छन्। सभामुखले आसन ग्रहण गर्नस्, बोल्न अनुमति दिन्छु भन्दा पनि राप्रपा अध्यक्ष अध्यक्ष लिङ्देनले एउटा दलले पटकपटक अभिव्यक्ति राख्न पाउने तर अन्य दलले बोल्न नपाउने भन्ने नहुने बताउँदै सभामुख घिमिरेसँग प्रश्न गरे।

यसैगरी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि आज बोल्ने पहिलो पालो राप्रपाको भएको बताए। आन्दोलन जसले गरेको हो उसले बोल्न पाउनुपर्ने माग राप्रपा सांसदहरूको छ। पाण्डेले बोल्न खोज्दा राप्रपा र रास्वपाका सांसदहरूले टेबुल ठटाएर अवरोध गरेका छन्।

प्रकाशित: ३० जेठ २०८२ १६:५९ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast