प्रतिनिधिसभाको अवरोध अन्त्य गर्न दुईबुँदे सहमति

हिमाल प्रेस ३० जेठ २०८२ १६:२५ | Friday, June 13, 2025
प्रतिनिधिसभाको अवरोध अन्त्य गर्न दुईबुँदे सहमति

काठमाडौँ– प्रतिनिधिसभाको अवरोध अन्त्य गर्न सत्ता पक्ष र प्रतिपक्षबीच दुई बुँदे सहमति भएको छ। शुक्रबार भएको सहमतिमा सत्ता पक्षबाट एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र विपक्षी दलका तर्फबाट नेकपा माओवादी केन्द्र, संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन्।

जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक अझै सञ्चालनमा आउन सकेको छैन। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने माग प्रतिपक्षी दलको माग थियो। यद्यपि सहमतिमा लेखकका विषयमा केही उल्लेख छैन।  प्रतिपक्षी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीकमा सांसदहरूले बैठक अवरुद्ध गर्दै आएका छन्।

यस्तो छ सहमति

१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुऱ्याउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।

२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने।

प्रकाशित: ३० जेठ २०८२ १६:२५ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast