फाइल तस्बिर
काठमाडौँ- प्रतिनिधिसभाका विषयगत समितिमा सांसदहरू हेरफेर भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार विषयगत समितिमा सदस्यको नाम हेरफेर गरेका हुन्।
सांसद श्यामकुमार घिमिरेलाई सार्वजनिक लेखासमितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा, चन्दा चौधरीलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट सार्वजनिक लेखा समितिमा, शान्ति विकलाई महिला तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा राखिएको छ।
प्रकाशित: ८ असार २०८२ १३:२० | Sunday, June 22, 2025
प्रतिक्रिया




